कर्मचारीको त्रुटिले विवरणमा बढी खर्च देखियो : मेयर यादव

उमेशकुमार साह
बोदे बरसाईन, ४ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिकाका मेयर आतेश सिंह यादवले कर्मचारीको त्रुटिका कारण विवरणमा बढी खर्च देखिएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा नगरपालिकाबाट गरिएको खर्च विवरणको आलोचना हुन थालेपछि विहिवार पत्रकार सम्मेलन गर्दै उनले त्रुटिबारे स्पष्ट गरेका हुन् ।

‘नगरपालिका कार्यालयबाटै सार्वजनिक भएको विवरणमा देखिएको खर्च वास्तवमै अत्याधिक बढी छ, जुन कि कर्मचारीको त्रुटिले हुन गएको छ’ पत्रकार सम्मेलनमा मेयर यादवले भने–‘नयाँ कर्मचारीद्वारा तयार पारिएको सो विवरणको ठाउँ–ठाउँमा त्रुटि देखिएकै हो । र, अहिले नगरपालिका कार्यालयमा कर्मचारीको अभाव पनि त्यति नै रहेकाले विवरण प्रमाणित गर्ने कर्मचारीले पनि कामको चापले नदेखेरै प्रमाणित गरेको हामीले समिक्षा गर्दा खेरी पायौं ।’

उनले कर्मचारीबाट भएको त्रुटिले नगरपालिकामाथि उठेको प्रश्नले दुखित तुल्याएको बताए । ‘एउटा सावुन खरिदमै यदी ३ हजार ८ सयबढी रुपैयाँ खर्चिएको छ भने त्यसको आलोचना हुनु स्वभाविक हो/गर्नु पनि पर्छ, तर ३ हजार ८ सयबढी रुपैयाँ एउटै सावुनमा खर्च भएको विवरणमा मात्रै देखिन्छ, जो कि कर्मचारीको त्रुटिले हुन गएको छ’ उनले भने–‘सावुन खरिद गरेको हामीसँग विल पनि छ र विलमा लाइफब्वाई सावुन ९५ कार्टुन (१३६८० पिस) खरिदमा ३ लाख ६३ हजार १८५ रुपैयाँ खर्च स्पष्ट छ ।’

यद्यपी सो खर्च विवरणमा भएको आलोचना जायज नै रहेको मेयर यादव बताउँछन् । ‘ती आलोचनालाई हामीले सकारात्मक रुपमा लिएका छौं, र अबका दिनमा यस्ता त्रुटिहरु हुन नदिनका लागि सचेत रहन्छौं’, उनले भने ।

त्रुटि सच्याएर विलसहित विवरण सार्वजनिक

पत्रकार सम्मेलनमा त्रुटि सच्याएर विलसहित कोरोना नियन्त्रणमा गरिएको खर्चको विवरण पनि सार्वजनिक गरिएको छ । विवरण अनुसार कोरोना नियन्त्रणमा नगरपालिकाबाट असारसम्म कुल १ करोड २७ लाख २९ हजार ४३२ रुपैयाँ खर्च गरेको छ । यसअघि त्रुटिपूर्ण भनिएको विवरणमा कुल २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च देखिाइएको थियो ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणमा लाइफब्वाई (९५ ग्राम) सावुन ९५ कार्टुन (१३६८० पिस) खरिदमा ३ लाख ६३ हजार १८५ रुपैयाँ खर्च गरिएको छ । जसको विल पनि सार्वजनिक गरिएको छ ।

यसैगरी फरक फरक मितिमा १० कार्टुन (१४४० पिस) लाइफब्वाई सावुन खरिदमा ३८ हजार २३० रुपैया, ६ हजार ९१२ पिस लाइफब्वाई (९० ग्राम) सावुन खरिदमा १ लाख ८३ हजार ८५९ रुपैयाँ र २२० पिस लाइफब्वाई सावुन खरिदमा ६ हजार २७० रुपैयाँ खर्चिएको विवरणमा छ ।

विस्तृत खर्च विवरण :

Author:



क्याटोगरी छान्‍नुहोस