२४ घण्टामा थप १६७४ कोरोना संक्रमित थपिए, २३२३ जना डिस्चार्ज

जनकपुरधाम, ६ मंसिर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ३२३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये २४ हजार ९ सक्रिय संक्रमित छन् । यसैगरी हाल निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको मन्त्रालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस