यी ३९६ स्थानीय तहको स्वास्थ्य संस्थालाई अस्पतालमा स्तरोन्नति गरिने (सुचीसहित)

जनकपुरधाम, ७ मंसिर । देशभरका ३९६ वटा स्थानीय तहको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको छ ।

अस्पताल निर्माणको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्न पनि भनिएको छ । कोभिड–१९को रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलन्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माण गर्न सुचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गर्दै अस्पताल निर्माण शिलन्यास मंसिर १५ गते गर्न आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

अस्पताल निर्माणकालागि सुचीकृत स्थानीय तह :

MOFAGA_Notice_20201118121213
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780