कोरोना महामारीले रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरू

राजविराज, ९ मंसिर । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरू भएको छ । गत वैशाखमा हुने भनिएको परीक्षा कोरोना महामारीले रोकिएको थियो । बिहान ८ बजेबाट सुरू भएर साढे ९ बजे सकिएको परीक्षा ४० प्रतिशत अंकका लागि भइरहेको परीक्षा बोर्डले जनाएको छ ।

बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत कक्षा ११ उत्तीर्ण भएको आधारमा मुल्यांकन हुनेछ भने २० प्रतिशत विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्रदान गरिएको जनाएको छ । परीक्षा केन्द्रमा कोरोनाबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पालनामा गरिएको छ ।

यसैगरी संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ भने संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको जनाएको छ । चार लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी रहेको परीक्षा मंसिर १६ गतेसम्म चल्ने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस