भारतसँग जोडिएका सीमानाका तत्काल खुला गर्न जसपाको माग

राजविराज, ९ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले सीमा क्षेत्रमा बसोवास गर्ने तराई/मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुन गइरहेको भन्दै भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गर्न माग गरेको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार विज्ञप्ति जारी गर्दै लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी भएकोले तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नुपर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दावन्दीको घोषणा गरियो । छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका सीमानाकाहरु पनि बन्द गरिए, तर सरकारको पूर्व तयारी निकै कमजार रह्यो ’

जनताको कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक सामाजिक आदी क्षेत्रमा गम्भीर समस्याहरु देखापरिरहेका सीमानाका तत्काल खुला गरी व्यवस्थित एवं सहज भनिएको छ ।

साथै कोरोना संक्रमणलाई थप फैलिन नदिन योजनावद्ध रुपमा प्रभावकारी ढंगले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधी आदीको उचित एवं आवश्यक व्यवस्थापन गर्ने कार्य यथाशीघ्र गर्न विज्ञप्तिमा माग गरिएको छ ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस