पछिल्लो २४ घण्टामा १२१७ कोरोना संक्रमित थपिए, थप १२ को मृत्यु

जनकपुरधाम, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

सोही अवधिमा १ हजार ६४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस