तिलाठी कोइलाडी गापामा लैंगिक हिंसा विरुद्ध कार्यक्रम

राजविराज, २५ मंसिर । लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ तिलाठी कोइलाडी गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विहिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरुले लैंगिक हिंसाको अवस्था दिनानुदिन भयावह बन्दै गएकोले त्यसको न्युनीकरणकालागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु अति आवश्यक भएको बताए । पछिल्ला दिनहरुमा लैंगिक हिंसाका घटनाहरु अत्यधिक संख्यामा बढ्दै जानु चिन्ताको विषय भएको भन्दै वक्ताहरुले त्यस्ता घटनाहरुले परिवार र समाजलाई नै नोक्सानी हुने तर्क गरे।

हिंसाका घटनाहरुलाई समाजमै मिलापत्र गराउने गर्नाले त्यस्ता अपराधगर्नेहरुको मनोबल बढ्दै गएको हुँदा समाजमा लैंगिक हिंसाका घटनाहरु बढ्दै गएको वक्ताहरुले बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुचिताकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, खगेन्द्र मण्डल, मनोज चौधरी, गोविन यादव, लक्ष्मीप्रसाद मण्डल, गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा तथा वडा सचिवहरु मिथिलेश झा, राजेश सिंह, जगदिश यादव, सन्तलाल मण्डल, मुक्तिलाल यादव सहितकाले मन्तब्य व्यक्त गरे ।

गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले स्वागत गरेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक दिपककुमार मण्डलले सञ्चालन गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस