कोरोनाः तीव्र रुपमा फैलिएकै बेला सप्तरीमा भिटीएम अभाव

राजविराज, ०८ श्रावण । सदरमुकाम राजविराजका समुदायस्तरमा तीव्र रुपमा कोरोना फैलिएकै बेला सप्तरीमा भिटीएम अभाव भएको छ ।

संक्रमणबाट मृत्यु भएका व्यापारीको सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना परीक्षणकालागि स्वाब संकलन कार्य थालिएसँगै जिल्लामा भिटीएम अभाव भएको हो ।

मृतक व्यापारीकासाथै उनको परिवारसँग सयौं व्यक्तिहरुको सम्पर्क देखिएकाले दैनिक १ सयभन्दा बढी व्यक्तिहरुको स्वाब संकलन गर्दै कोरोना परीक्षण गराउदै आएकोमा अहिले आएर भिटीएम अभाव भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ‘हाल हामीसँग १ वटा सय मात्रै भिटीएम उपलब्ध छ’ प्रमुख दुनीयालाल यादवले भने–‘तर मृतक परिवारसँग सम्पर्कमा आएका व्यक्तिहरुको सुची लामो रहेको देखिन्छ ।’

ती सवै जनाको परीक्षण गर्नुपर्ने भएकाले थप भिटीएम आवश्यक पर्ने उनले बताए । ‘अभावको सन्दर्भमा हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रमा जानकारी गरायो’ उनले भने–‘त्यहाँबाट १ हजार जति भिटीएम पठाउने कुरा छ, तथापी ती भिटीएमले पनि धान्न सकिन्छ जस्तो छैन् ।’

उनले थप भिटीएम आवश्यक पर्ने हुनाले संघ सरकारलाई समेत भिटीएम उपलब्ध गराइदिनुहुन् आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस