कृषी मन्त्री साहद्वारा विपन्न परिवारलाई आय आर्जन गर्न बाख्रा वितरण

राजविराज, ८ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ ।
पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोरव्यवस्थापनकालागि जस्ता पाता उपलब्ध गराईएको हो । प्रदेश २ भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले त्यहाँका विपन्न परिवारलाई बाख्रा हस्तान्तरण गर्दै सही सदुपयोग गरेर लाभ लिन आग्रह गरे ।

प्रदेश २ को समृद्धीको मूल आधार कृषि नै भएकोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिँदै उनले भने ‘कृषीलाई आधुनिकीकरण गर्दै सिंचाई, बीऊबिजन तथा मलखादका साथै बजारीकरणसम्मको व्यवस्थापन गर्न हामी अगाडि बढेका छौं ।’ निर्वाहमुखी खेतीलाई निरुत्साहित गर्दै व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न मन्त्रालयले कृषक लक्षित विभिन्न कार्यक्रम ल्याएको मन्त्री साहले बताए ।
छिन्नमस्ता विकास कृषक समूहको समन्वयमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, जिल्ला सचिव चितरन्जन यादव लगायतले मन्तव्य व्यक्त गरे । कृषक समूहका अध्यक्ष विनोद कुमार साफीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन युवा नेता विद्यानन्द चौधरीले गरे ।
सोही क्रममा मन्त्री साहले विभिन्न योजनाहरुको निरीक्षण समेत गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780