बोदे बरसाईनमा गोरुदौड प्रतियोगिता

उमेश कुमार साह
बोदे बरसाईन (सप्तरी) । बोदे बरसाईन नगरपालिका–२ योगियास्थित आयोजना गरिएको गोरुदौड प्रतियोगिता सम्पन्न भएको छ । वडा अध्यक्ष दिगेम्वर यादवको अध्यक्षता तथा नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको छ ।

१६ जोडी गोरुलाई सहभागी गराइएको सो प्रतियोगितामा सोही नगरपालिका वडा नम्वर ३ मधुवनका प्रमोद यादवको गोरु प्रथम, बलान बिहुल गाउँपालिका–१ जगना यादवको गोरु द्वितीय र सोही गाउँपालिका–१ कै ईन्द्रेव यादवको गोरु तृतीय भएको आयोजकले जनाएको छ ।

प्रथम, द्वितीय र तृतीयलाई २ हजार १ सय रुपैयाँ, २५ किलो खैरसहित गम्छा, बाल्टिन लगायतका सरसमान प्रदान गरिएको मेला समितिका अध्यक्ष मनोज गोइतले जानकारी दिए ।

समापन समारोहमा राजनीतिकर्मी अरविन्द्र यादव, वडा अध्यक्षहरु धिरेन्द्र यादव, मो. मजेबुल रहमान, लक्ष्मी साह, तपसी यादव र सुमित यादव, ईलाका प्रहरी कार्यलाई बोदे बरसाईनका इन्चार्ज अरुण सिंह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस