मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु हुँदै

राजविराज, ४ चैत । देशभरका ७७ वटै जिल्लामा भोली (विहिवार)बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले आज (बुधवार) सो निर्णय गरेको हो ।

आयोगले आजै सूचना जारी गर्दै तोकिए बमोजिमको प्रमाण लिएर आ–आफ्नो जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा गएर मतदाता नामावालीमा नाम दर्ता गराउन आग्रह गरेको छ । साथै मतदाता नामावली विवरणमा रहेको त्रृटीहरु सच्याउनका लागि पनि प्रमाणसहित निवेदन दिन सूचनामा भनिएको छ ।

यसैगरी मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको, विवाह वा बसाई सरेर गएकाको नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा मतदाता नामावली ऐन, ०७३ को दफा १८ को उपदफा (३) बमोजिम अद्ययावधिक गर्ने निर्णय भएको छ ।

जसको लागि प्रत्येक महिना जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्था मिलाउन र टाँस भएका सूचनाको विवरणमाथि उजुरी परेमा छानबिन गरी प्रमाण बमोजिम नामावली अद्ययावधिक गर्न आयोगले कार्यालयलाई निर्देशन समेत दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780