कोरोनाः शिक्षण संस्था, फिल्म हल, पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस

जनकपुरधाम । नेपालमा पनि कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्था, फिल्म हल, पार्टी प्यालेस बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमाथि छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौत्तमले जानकारी दिए ।

उनले मधेशलाइभसँग कुरा गर्दै भने–‘नयाँ खालका युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’

सीसीएमसीको बैठकमा छलफलपछि सोबारे निर्णय लिइने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780