जनमत पार्टीको यस्तो छ नयाँ कार्य समिति

कमल कुमार मण्डल
जनकपुरधाम । जनमत पार्टीको नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन भएको छ । जनकपुरधाममा शनिवार प्रथम महाधिवेशन भएको छ । सोमवार विहान निर्वाचनको परिणाम आएको हो ।

निर्वाचनको परिणामअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा २ हजार ३०२ मत ल्याएर डा.सिके राउत विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा अब्दुल खानले १ हजार ८६७ मत ल्याएर विजयी भएका हुन् ।

उपाध्यक्षका अर्का उम्मेदवारहरु ई.बसन्त कुशवाहले १ हजार १५०, ई. दिपक कुमार साहले ७७१ र नरेन्द्र चौधरीले ५८२ मत प्राप्त गरेका छन् । यसैगरी महासचिवमा १ हजार ५७३ मत ल्याएर चन्दन सिंह विजयी भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा समूहबाट डा.सुवन्त कुमार कुशवाहा (रौतहट), संजय कुमार यादव (सिरहा), राज कुमार यादव (सिरहा), भोपेन्द्र प्रसाद यादव (रुपन्देही), भवानी महतो (सुनसरी), लिलत चन्द्र मल्लिक (रौतहट), सुरेन्द्र शर्मा मधेशी (सप्तरी), मदनेश कुमार चौधरी (सप्तरी), नरेश प्रसाद कुशवाहा (सर्लाही), वीरेन्द्र महतो (महोतरी), बाल गोविन्द चौधरी (नवल परासी), इन्द्रजित कुमार यादव (धनुषा), राजेन्द्र राम (सर्लाही), ओम प्रकाश साह (बारा), विष्णु प्रसाद यादव (बाँके), सिताराम पण्डित (सुनसरी), सुनिल कुमार यादव (बारा), इरफान अहमद शेष (बाँके), रामकेश गुप्ता (रुपन्देही) ,परमेशर मुर्मु (मोरंग), डा. विनय कुमार पंजियार (धनुषा), योगेन्द्र चौधरी (कपिलवस्तु) र संजय कुमार यादव (महोतरी) निर्वाचित भएका छन् ।

त्यसैगरि महिला समूहबाट अनिता कुमारी मण्डल (सिरहा), अनिता देवी साह (धनुषा), अन्जनी देवी मण्डल (महोत्तरी), वविता कुमारी राउत (सप्तरी), आशा कुमारी मेहता (सुनसरी), जुलेखा विवी (सप्तरी), राधा कुमारी यादव (दांग) र कौशिला देवीलाई निर्वाचित भएकी छन् भने गैर आवासिय मधेशी संघको समूहबाट ई. सुरेन्द्र नारायण यादव, ई. इन्द्रजीत यादव, ई. शम्भुनाथ साह र निर्मल मण्डललाई मनोनित गरिएको जनाएको छ ।

यसैगरी ई. इन्द्रजीत यादवलाई केन्द्रिय कार्यकारिणी समितिका उपमहासचिव र ई. सुरेन्द्र नारायण यादवलाई कोषाध्यक्षमा मनोनित गरिएको छ । केन्द्रीय सदस्य खुल्ला समूहतर्फ रविन्द्र साह (सर्लाही), बुद्धिराम माझी (मोरंग), सुरेश प्रसाद (बारा), विरेन्द्र साह सोनार (रौतहट), सुर्यदेव यादव (सप्तरी) , रामबाबु प्रसाद पटेल (बारा), रघुवीर दास (धनुषा), संतोष कुमार साह (पर्सा) कम मत प्राप्त भएकोले समितिमा समावेश हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस