भारतमा कोरोना संक्रमणबाट २० नेपालीको मृत्यु

जनकपुरधाम । भारतमा कोरोना भाइरस संक्रमणका कारण २० जना नेपालीको मृत्यु भएको छ । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कर्यरत डा. सागर पौडेलका अनुसार नयाँदिल्लीमा १० र अन्य क्षेत्रमा १० नेपालीको निधन भएको हो । जसमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् ।

यो साता भारतसहित कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्यान्डलगायत मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले यो साता भारतमा २० सहित विदेशी भूमिका २३ नेपालीको निधन भएको जनाएको छ ।

भारतमा २०, कुवेतमा २ र कतारमा १ जनाले ज्यान गुमाएका हुन् । योसँगैं २१ मुलुकमा मृत्यु हुने नेपालीको संखया ३ सय ७२ पुगेको छ । मध्यपूर्वी देहरुमा मात्रै २ सय ४५ जनाको निधन भएको छ । अन्नपूर्ण

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780