राजविराज । बुधबार सप्तरीको सबै स्थानिय तह बन्द गरिने भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो ।
जिल्ला समन्वय समिति सप्तरीले निकालेको प्रेस विज्ञप्तिमा मृतकचौधरीलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको शोकमा भोलि एकदिन जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वय समिति समेत बन्द रहने उल्लेख गरिएको छ।
प्रमुख प्रभाकर यादवले सबै स्थानीय तहको प्रमुखसँग सल्लाह गरी भोलि बुधबार शोकमा सेवा बन्द गर्ने निर्णय गरिएको मधेश लाईभलाई जानकारी दिनु भएको छ ।
कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।