स्थगित परीक्षा साउनभित्रै लिने त्रिविको तयारी, फारम भराउने कार्य सुरु

जनकपुरधाम, १० जेठ । कोभिड–१९ का कारण स्थगित हुन पुगेको त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ ।

लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्यले साउनभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको हो ।

सोही अनुसार आजबाट परीक्षा फारम भराउने कार्य सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार जेठ २० गतेसम्म परीक्षा फाराम भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको छ भने केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसक्दा पनि परीक्षा हुन सकेको छैन् भने मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ । गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780