एसइईको नतिजा यसरी हेर्न सकिन्छ

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्ने तयारीबारे सूचना प्रकाशित गरेको छ ।

बोर्डले यसै साता नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिकाबारे राष्ट्रिय दैनिक गोरखापत्रमा सूचनामा प्रकाशित गरेको छ । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

‘जिल्ला–जिल्लाबाट अपडेट भएको तथा प्रमाणित डाटामा ठीक भए–नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ ।

यस वर्ष एसइईमा नेपालभरिबाट ४ लाख ८२ हजार विद्यार्थी सम्मिलित रहेको बोर्डले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस