बाेदे बरसाईनमा अल्ट्रासाउन्ड सेवा सुरु

बाेदे बरसाईन । सप्तरीको बाेदे बरसाईन नगरपालिकास्थित टाेपाज मेडिकल तथा अल्ट्रासाउन्ड (भिडिअाे एक्स-रे) सेवाकाे शुक्रबार अायाेजित एक कार्यक्रमका बीच उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर अातेश कुमार सिंहले टाेपाज मेडिकल तथा अल्ट्रासाउन्ड (भिडिअाे एक्स-रे) सेवाकाे उद्घाटन गरेका छन् ।

कार्यक्रममा नगर ब्यापार संघ बोदे बर्साईनका सचीव अनिल प्रसाद सिंह, नगरपालिकाका स्वास्थ संयोजक बैद्यनाथ साह, खडक नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गंगा राम चौधरी लगायतको सहभागीता थियोे ।

टाेपाज मेडिकल तथा अल्ट्रासाउन्ड (भिडिअाे एक्स-रे)मा डा. नन्द किशोर चौधरीद्वारा सेवा प्रदान गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस