विश्वभर थप ४ लाख ८९ हजारमा काेराेना संक्रमण, २ लाख ३९ हजार काेराेनामुक्त

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा थप ४ लाख ८९ हजार ७५७ जनामा काेराेजा संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितकाे संख्या ४ करोड २४ लाख ६९ हजार ७८३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ५८४ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १४ लाख २२ हजार ३५३ पुगेको छ ।

विश्वभर काेराेनाबाट थप ६ हजार ५२६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ४९ हजार ११८ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८७ लाख ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७८ लाख १३ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ५५ पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780