पूर्वप्रधानमन्त्री एवम् जसपा नेपालका अध्यक्ष डा.भट्टराई दम्पतीमा कोरोना संक्रमण

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाट्स लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको सार्वजनिक गरेका छन् ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र चिकित्सककाे सल्लाहअनुसार होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् ।

उनले केही समय यता सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन अाग्रह पनि गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस