पूर्वगृहमन्त्री जनार्दन शर्मा कोरोना संक्रमित

जनकपुरधाम । पूर्वगृहमन्त्री जनार्दन शर्मा कोरोना संक्रमित भएका छन् । तथा नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका शर्माले सामाजिक सञ्जालमार्फत आफूमा संक्रमण देखिएकोबारे सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु । केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस