विश्वभर ४ करोड २९ लाख कोरोना संक्रमित

जनकपुरधाम । विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४ सय ६२ जना संक्रमित थपिएका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार ८ सय ६२ पुगेको हो । यसैगरी पछिल्लो २४ घण्टामा थप ५ हजार ५ सय ९२ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ३ सय ५ पुगेको छ । हालसम्म विश्वमा ३ करोड १६ लाख ५९ हजार ९ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस