प्रदेश २ संसदीय दलको नेतामा महतो निर्विरोध निर्वाचित

 

राजविराज, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका शत्रुधन महतो प्रदेश नम्वर २ को संसदीय दलको नेतामा निर्विरोध चुनिएका छन् ।

नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ को नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन १९ जना सांसदको हस्ताक्षरसहितको अविश्वास प्रस्तावको पत्र बुझाएको थियो । प्रदेशसभामा तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद छन् ।
संसदीय दलको नेता चयन गर्न मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो ।

संसदीय दलको नेतामा महतोको मात्र उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपानेका अनुसार महतोलाई दलको नेता चयन गर्न १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो ।

ओली पक्षका सत्यनारायण मण्डलसहितका सांसदहरुले भने संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा सहभागिता जनाएन । प्रदेश संसदीय दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो

Author:



क्याटोगरी छान्‍नुहोस