पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण, छ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४०५ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा १ हजार ९४३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस