सप्तरीको धौनकी टोलमा आगलागीः पाँच लाखको क्षति

राजविराज, २८ माघ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ५ स्थित धौनकी टोलमा मङ्लवार आगलागी हुँदा चार ओटा घर जलेर नष्ट भएको छ ।

सहदेव मण्डलको गुहालीमा बालिएको घुरबाट सल्किएको आगोबाट निजको गुहाली घर, शिवकुमार मण्डल, सुवंश मण्डल र कपलेश्वर मण्डलको एक एक ओटा घर जलेर नष्ट भएको हो । मध्यरातमा भएको आगलागीमा परी सहदेवको भैंसी जलेर मरेको जनाईएको छ । शिवकुमारको करिब २५ मन धान समेत जलेर खरानी भएको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।

राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । आगलागीमा परी करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस