फिल्मी शैलीमा डाँका गर्ने गिरोहका मुख्य अभियुक्त कारागार चलान

राजविराज, २८ माघ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहका मुख्य अभियुक्त पुर्पक्षकालागि कारागार चलान भएको छ भने अन्य दुई जना धरौटीमा छुटेका छन् ।

अनुसन्धानपछि प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिहरुलाई सप्तरी जिल्ला अदालतमा पेश गरेका थिए । अदालतबाट मंगलवार (माघ २७ गते) गरेको आदेशले मुख्यअभियुक्त सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवलाई पुर्पक्षकालागि कारागार चलान गरिएको हो ।

यसैगरी, घटनामा संलग्न दिपक अग्रवालले २ लाख र पवन जैसवालले ३ लाख रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए । जैसवालले नै टावरबाट डाँका गरिएको २४ वटा ब्याट्रीमध्ये १७ वटा भारत पठाएको र ७ वटा ब्याट्री अग्रवाललाई विक्री गरेका थिए ।

यसैगरी डाँका गर्नमा प्रयोग गरिएको ना४ ख ७२४६ नम्बरको मिनी ट्रक र धनी लहान नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्य नारायण महतोको संलग्ता नदेखिएकोले उनलाई वकिल कार्यालयको आदेशले जिम्मा जमानी छाडेको जनाएको छ ।

गत पुस २३ गते विहान ९ बजेतिर सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा उनीहरुले डाँका गरेर करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लगायतका समानहरु लुटेका थिए ।
यो पनिः

सप्तरीमा फिल्मी शैली अपनाएर डाँका गर्ने गिरोह पक्राउ (भिडिओसहित)

Author:



क्याटोगरी छान्‍नुहोस