प्रदेश २ मा निजामति सेवा, सञ्चालन र सेवाका शर्त सम्बन्धी बनेको ऐन प्रमाणिकरण

जनकपुर । प्रदेश २ मा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।

प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख समक्ष गएको सो विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले बुधवार प्रमाणिकरण गरेका छन् । योसँगै प्रदेशमा हालसम्म प्रमाणिकरण हुने विधेयकको संख्या ३९ पुगेको छ ।

गत कात्र्तिक ३ गते सो विधेयक प्रदेशसभाबाट पारित भएको थियो । माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा सो विधेयक दर्ता भएपको थियो । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख परियारले सो विधेयक प्रमाणिकरण गरेको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस