कुरिती प्रथा

बालविवाह, मासिक श्राद्ध कृया, गोदना (ट्याटो) प्रथा, दहलौनिया भार, अनावश्यक भोजभतेर, दहेज प्रथा जस्ता प्रथालाई कुरिती प्रथा भन्ने बुझिन्छ । यस्ता कुरिती प्रथा मध्य कनियौती प्रथा पनि पर्छ । विवाहको समयमा केटी पक्षबाट केटा पक्षलाई दिइने नगद पैसालाई दहेज प्रथा भनिन्छ ।

त्यस्तै केटा पक्षबाट केटी पक्षलाई दिइने नगद पैसालाई कनियौती प्रथा भन्ने बुझिन्छ । थारु जातिमा बर्षौ–बर्ष पहिला बालविवाह, मासिक श्राद्ध कृया, गोदना प्रथा, दहलौनिया भार, कनियौती प्रथा जस्ता कुप्रथा प्रचलित थियो ।

दहेज प्रथा, अनावश्यक भोजभतेरको प्रचलन बढे पनि बालविवाह, मासिक श्राद्ध कृया, गोदना प्रथा, दहलौनिया भार, कनियौती प्रथा जस्ता कुप्रथाको निर्मुल भइसकेको अवस्था छ । महिला र पुरुष एउटा गाडीको दुई पाङ्ग्राा हो । गाडी राम्ररी चल्नलाई दुईटै पाङ्ग्रा एकै नासको बराबरी हुनुपर्छ ।

महिला र पुरुषबीच कुनै भेदभाव नराखि सबै क्षेत्रमा समान हक अधिकार दिएको छ । कुनै जात, समाज र देशको सामाजिक, धार्मिक, आर्थिक वा बौद्धिक विकास हुन महिला र पुरुषमा टिकेको पाईन्छ । कसैले महिलालाई अशिक्षित राखि विकासको काम गर्न सक्छु भन्दा भ्रम र संकिर्ण विचार मात्र हुने छ ।

शिक्षा महिला र पुरुष दुबैका लागि आवश्यक छ । शिक्षा आँखाको ज्योती हो । जसरी अन्धो मानिस आँखा बिना हिड्न सकिदैन त्यसरी नै शिक्षाबीना जीवनलाई सुन्दर बनाउँने प्रयास अन्ध्यारोमा हाम फाल्ने जस्तै हो ।

हाम्रा समाजमा महिलालाई पढाउँनु, शिक्षित बनाउँनु पाप सम्झिन्छ । र, घर बाहिर निस्किन दिनु आफ्नो मान मर्यादालाई गुमिएको सोच्छन । प्राचीन कालामा पनि महिला उच्च आदर्श शिक्षित थिइन् । धेरै यस्ता महिला थिइन संसारमा दान दिइएकी लक्ष्मी, सीता, द्रोपदी आदि ।

कानुन तथा न्याय मन्त्रालय सचिव, संयुक्त राष्ट्र संघ सदस्य तथा महान्यायधिवक्ता स्वर्गी रामानन्द प्रसाद सिंह थारुकल्याणकारिणी सभा संस्थालाई पलेट फर्म बनाई २०११ साल देखि बालविवाह, मासिक श्राद्ध कृया, गोदना प्रथा, दहलौनिया भार, कनियौती प्रथा, अनावश्यक भोजभतेर जस्ता कुरिती प्रथालाई उन्मुलन गर्ने अभियान चलाएको थियो ।

अहिले कनियौती प्रथा, दहलौनिया भार, मासिक श्राद्ध कृया निर्मुल भएको अवस्था छ । जीवन परिवर्तनशील छ । समयानुसार चल्नु, व्यवहार गर्न तथा आफैमा परिवर्तन ल्याउँनु धेरै जरुरी छ । स्वर्गी रामानन्द प्रसाद सिंह थारु समाजलाई परिवर्तन गर्न सफल पनि हुनु भयो ।

अनावश्यक भोजभतेर, दहेज जस्ता कुप्रथा थारु समाजमा पनि बिकराल रुप लिइसकेका छन । जन्मदिनको अवसरमा, विवाहको वर्षगाठको अवसरमा भोजभतेर गर्ने परम्परा नै बनिसकेको अवस्था छ । विवाहमा मोटरसाइकल नभई नहुने हुन्छन । जग्गा बेचर भएपनि विवाहमा मोटरसाइकल दिनै पर्ने अनिवार्य भइसकेको छ । मधेशी समाजलाई दहेज मुक्त बनाउँन विभिन्न संघसंगठन लागि परेका छन भने थारु समाजमा दहेज प्रथा विकराल हुदै छन ।

छोरा सरह छोरीको पनि हक हुन्छ । क्षमता भन्दा अनावश्यक माग गर्नु आमाबुवाप्रति पिडा थपिनु हो । छोरा जतिको हामी छोरीलाई पनि सम्पतिमा हक माग्नु उचित हो भने छोरीले दुई घरको सम्पति पाउँने हो । जुन घरमा विवाह गरेर जान्छ त्यो घरको सम्पतिमा आफ्नो अधिकार पाउँछन नै, र आमाबुवाको सम्पतिमा पनि छोरा जस्तो पाउँनु भन्दा छोराछोरी बराबरी कसरी भयो? छोराले आफ्नो पुर्खौली सम्पतिमा मात्र अधिकार पाउँछन र छोरीले दुई घरको सम्पतिमा ? आमाबुवाको सम्पतिमा अधिकार जमाउँनु भन्दा शिक्षाको हकमा अधिकार खोज्नु भविष्यका लागि उत्तम हुन्छ होला ।

जति मोटरसाइकलमा लगानी लगाउँन लगाइन्छ त्यति आफ्नो नाममा जम्मा गरी राख्यो भने विहेपछि सहनु पर्ने हिंंसाबाट मुक्ति पाउँन सकिन्छ कि ? बुवाआमाको क्षमता भन्दा अनावश्यक माग गर्नु थारु समाजमा दहेज जस्ता कुप्रथा भित्राउँनु हो । सकेसम्म दजेह माँग गर्नेको विरुद्ध आजाव उठाउँनु नै कुप्रथालाई उन्मुक्ति दिनु हो ।

दहेजकै कारण धेरै जसो मधेशी चेलीबेटी घरेलु हिंसाको सिकार हुँदैछन । विभिन्न यातना भोग्नु परेको हाम्रा समाजमा, पत्रपत्रिका, रेडियो लगायतका संचारमाध्यमहरुमा हेरी रहनु भएकै हो, सुनि रहनु भएकै हो । फेरी पनि किन यस्ता कुप्रथा विरुद्ध आवाज नउठाई झन भित्राइ रहेका छौ कुप्रथालाई हाम्रा छोरी चेली ?

आज छोरा हो दहेज माग्यो भने भोली छोरीको बुवा हुँदा दिनु पर्ला भने आजै किन नसोन्चे ? आज छोरी हु बुवाआमाको पिडक हुनुहुन्छ भने भोली आमा बनेपछि पिडित हुनु भन्दा आजै किन सचेत नहुने ? सम्पति अरुले खोस्न नि सकिन्छ तर शिक्षा, ज्ञान, शिप कसैले चाहेर पनि खोस्न सकिदैन ।

त्यसैले कुप्रथा विरुद्ध आवाज उठाउँ र शिक्षाको लागि आफ्ना अधिकार जमाउ । जसरी मोटरसाइकलको लाािग लडी पर्छौ त्यसरी शिक्षाको लागि लडी पर्दा सुन्दर समाजको निर्माण त हुन्छ नै, र भविष्य पनि सुरक्षित हुन्छ । परजीवि भएर बस्नु भन्दा समाजका लागि उदाहरणीय बन्नु बुद्धिमानी हुने छ ।

कुनै पनि बस्तु महत्व हुँदा हुदै पनि महत्व लागि राखेको हुदैन । मान्छे नि तुक्ष सम्झिन्छ । तर मलाई लाग्छ, त्यो अनमोलले हुदैन । त्यसलाई मुल्यवान बनाउँनु पर्छ । जस्तै उदाहरणका लागि हावा, अक्सिजन जसका बिना मान्छे बाँच्न सकिदैन । संसारमा सबै जीवजन्तुका लागि आधार हो । अक्सिजन बिना हामी बाच्ने कल्पना समेत गरिदैनौं । त्यसरी नै संकल्प गरौं शिक्षा हाम्रो जीवनको आधार हो । यो कुरो तपाई हामी मान्नुस् वा नमान्नुस् यो आफ्नै ठाउँमा छ ।

राम्ररी विचार गर्दा पक्कै पनि सहमत हन्छौ । कुप्रथा, कुरिती भित्राउँन जति समय लाग्दैन त्यो भन्दा कयौं गुणा बर्षौ बर्ष लाग्ला हटाउँन । फेरी पनि कुप्रथालााई उन्मुक्ति दिन रामानन्द सिंह जस्तो कयौ युवा जन्मिनु पर्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस