सप्तरीस्थित कोशी नदीमा बगेर आएको बेवारिसे पुरुषको शव !

राजविराज, १६ फागुन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित कोशी नदीमा आज एक वेवारिसे शव फेला परेको छ ।

नदीमा बगेर आएको करिब ३२ वर्षीय पुरुषको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार अनुहार र शरीरको अन्य केही भाग गलिसकेको छ । ‘शवको प्रकृति हेर्दा अनुहार र अन्य भागहरु गलिसकेको छ’ उनले भने–‘हालसम्म पहिचान हुन सकेको छैन् भने शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइकेका छौं ।’

शवबारे थप अनुसन्धान भइरहेको एसपी धमलाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780