विन्टर सिजन समाप्त, प्रि–मनसुनसँगै हावाहुरी, असिना–पानी र चट्याङको डर

जनकपुरधाम, १७ फागुन । जल तथा मौसम पुर्वानुमान महाशाखाले आजबाट यो वर्षको विन्टर सिजन (जाडोयाम) समाप्त भएको जनाएको छ । महाशाखाले प्रि–मनसुन बुलेटिन जारी गर्दै प्रि–मनसुन सिजन सुरु भएको जनाएको छ ।

यो सिजनमा अपराह्न र साँझतिर मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ ।

यसैगरी मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आजको मौसम

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले समान्यतया सफा रहने जनाएको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस