सप्तरीमा घुससहित पक्राउ परेका नापी प्रमुख ठाकुर र लेखनदास यादवमाथि मुद्दा दायर

राजविराज । घुस लिदै गर्दा पक्राउ परेका सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख (सर्वेक्षक) हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुणकुमार यादवमाथि मुद्दा दायर भएको छ ।

जग्गाको कित्ता काट गरी दिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले दुवै जनालाई माघ २३ गते रङ्गेहात पक्राउ गरिएको थियो ।

दुवै जनामाथि आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले विज्ञप्तिमार्फत जनाएको छ ।

उनका अनुसार सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको हुँदा दुवैमाथि १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन माग गरिएको छ ।

यो पनिः

सप्तरीमा नापी कार्यालयका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित रङ्गेहात पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस