राष्ट्रपतिद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिशमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको विज्ञप्तिमा जनाइएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस