सप्तरीमा अवैध रुपैयाँको कारोबारमा महिलाको प्रयोग, साता दिन नवित्दै अर्की महिला पक्राउ

राजविराज, १७ फागुन । सप्तरीस्थित दशगज्जा क्षेत्रमा अवैध रुपैयाँको कारोबार बढ्दो पाइएको छ । एक सातामै प्रहरी तीन जनलाई स्रोत नखुलेको लाखौं रुपैयाँसहित पक्राउ गरेपछि सो कुरा बाहिरिएको हो ।

पछिल्लो पटक आज मात्रै स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् । बोर्डर आउट पोष्ट (बीओपी) तिलाठीबाट गस्तीमा खटिएको टोलीले छिन्नमस्ता गाउँपालिका–१ की ५५ वर्षीया गीता देवी महतोलाई पक्राउ गरेको हो ।

दशजग्गा क्षेत्रमा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको तीन लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । महतोलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाएको छ ।

यसअघि पनि गत मंगलवार (फागुन ११ गते) अवैध रुपैयाँसहित दुई जना महिलालाई पक्राउ गरिएको थियो । पक्राउ परेकी छिन्नमस्ता गाउँपालिकाकै ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको थियो ।

दुवै घटनामा महिला नै अवैध रुपैयाँको कारोबारमा पक्राउ परेपछि महिलालाई नै प्रयोग गरेर अवैध रुपैयाँ ओहरदोहर हुने गरेको प्रहरीको आशंका छ ।

यो पनिः

सप्तरीमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस