सरकार र विप्लवबीच तीन बुँदे सहमति

जनकपुरधाम । सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) बीच बिहिबार ३ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट भएको सहमतिअनुसार विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने सहमति भएको छ ।

यसैगरी विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज लगायतका विषयमा सहमति भएको छ । सहमतिको विस्तृत विवरण (फागुन २१ गते) शुक्रबार दिनको २ बजे विशेष समारोहकाबीच सार्वजनिक गरिनेछ ।

सो समारोहमा नेपाल सरकारकोतर्फ प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहकोतर्फ महासचिव विप्लवले सम्वोधन गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780