ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै हटाउने अहिलेको आवश्यकताः डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी छिट्टै हटाउने अहिलेको आवश्यकता रहेको औंल्याएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले शनिवार ट्वीट गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका लागि केपी ओली घातक रहेको बताए ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने पनि नेता भट्टराईको भनाई छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातकलाई कसरी छिटो हटाउने भन्ने हो’ उनले लेखेका छन्, ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौंला । कुनै गल्ती नगरौं ।

Author:



क्याटोगरी छान्‍नुहोस