प्रदेश १ र २ मा पनि चट्याङसहित वर्षाको सम्भावना

जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिनमा स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकभर मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना व्यक्त गरिएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

कस्तो रहला तीन दिनको पूर्वानूमान

चैत्र ०७ गते (शनिबार)

दिउँसो ः देशभर आंशिकदेखी सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक÷दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

राति ः प्रदेश नं १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०८ गते (आईतबार)

दिउँसो ः देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति ः देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०९ गते (सोमबार)

दिउँसो ः सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति ः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस