नाकामा कोभिडको कडाई सुरु

राजविराज, १६ चैत । नेपाल सरकारले कोरोनाको पुनप्र्रकोपको खतरालाई ध्यानमा राखेर स्थानीय तहमा रहेका आईसोलेसन प्रणालीलाई पुनः सक्रिय तुल्याएको छ । सरकारले आइसोलेसन बस्ने बिरामीको खर्च वापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपैया सोध भर्ना दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को चिन्ह र लक्षण भएकाहरूको अस्पतालहरूमा र लक्षण नभएकाहरूको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूलाई परिपत्र जारी गर्दै प्रदेश सामाजिक कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरूको समन्वयमा आईसोलेसन व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

हाल कोभिड १९ को संक्रमण छिमेकी मुलुकहरूमा बढिरहेको सनदर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरूमा परीक्षणको व्यवस्था गरिएको र कोभिड १९ को रिपोर्ट पोजेटिभ आएकाहरू सार्वजनिक बसहरूद्वारा नै यात्रा गरिरहेका भन्ने खबर आएको उल्लेख गर्दै केन्द्रले केही बेरअघि मात्र परिपत्र गरेको देखिएको छ ।

सरकारले आइसोलेसन बस्ने बिरामीको खर्चा वापत रकम तोकी दिएकाले जिम्मेवार निकायहरूले आफूकहाँ भएको जुनसुकै बजेट सोधमर्ना लिने गरी तत्काल व्यवस्था मिलाउन सक्ने भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस