भाला प्रहार गरी कार्कीको हत्या

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित भुल्के चोकका केशब कार्कीको हत्या भएको छ । कामबाट फर्किएर आफ्नै घरमा सुतिरहेका कार्किको एक्कासी भाला प्रहार भएको स्थानियले बताएका छन् । हत्याराले कार्कीको हत्या पश्चात छिमेकिमा समेत भाला प्रहारको प्रयास गरेको छिमेकीहरुले बताएका छन् ।

४९ वर्षिय कार्कीलाई यो भन्दा पहिला पनि बारम्बार हत्याको प्रयास भएको स्थानीयको भनाइ छ । सोमवार दिउँसो करिब १२ बजेको समयमा कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनदास रेग्मी रहेका स्थानीयको आरोप छ । दुवैबीच मनमुटाव थियो भने रेग्मी मदिरा सेवन गरेर लठ्ठ रहेको अवस्थामा उनको हत्या गरेको स्थानीयहरु बताउँछन् ।

उता, प्रहरीले हत्या गरेको केही समयमा नै रेग्मीलाई स्थानीयको सहयोगमा पक्राउ गरेको छ । पुरानो रिसिईवी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । कार्कीको शव पोस्टमार्टमको लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस