फिट रहन जिम तथा योगा गर्छिन आलिया भट्ट

जनकपुरधाम । बलिउड अभिनेत्री आलिया भट्ट निकै फिट र सुन्दर देखिन्छिन्। उनले सुन्दर देखिनका लागि निकै मेहनत पनि गरेकी छिन्।

बलिउडमा आउनु अघि उनी निकै मोटी थिइन। उनको पहिलो फिल्म ‘स्टुडेंट अफ द ईयर’ का लागि १६ किलो तौल घटाएकी थिइन।

उनले यो तौल निकै कम समयमा घटाएकी थिइन। उनले कम समयमा कसरी आफ्नो तौल घटाइन त?

आफ्नो फिटनेसबारे उनी भन्छिन्,‘मलाई मेरो फिगर बनाउनु छ भन्नेबारे म सोच्दिनथे। सिर्फ स्वस्थ र फिट रहने रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दथे।’

तर, अहिले आलिया नियमित रुपमा जिममा एक्सरसाइज र योगा गर्छिन। उनकी फिटनेस टे«नर यास्मीन काराचिवालाले समयसमयमा आलियासँगै साथमा र्वकआउट गरिरहेको भिडियो पनि सेयर गरिरहेकी हुन्छिन्।

आलिया पनि आफ्नो इन्स्टाग्राममा आफ्नो एक्सरसाइज र योगा गरिरहेको र स्वस्थ खाना खाइरहेको भिडियो र तस्विर सेयर गरिरहेकी हुन्छिन्।

आलियालाई एक्सरसाइज र वर्कआउट गर्न मन पर्छ। खासगरि धेरैजसो सेलिब्रेटी विकेंडमा एक्सरसाइट गर्न छोड्छन्। तर आलिया समय पाएसम्म विकेंडमा पनि वर्कआउट गर्छिन।

आलिया भट्ट र कटरीना कैफको भेट पनि जिममा नै भएको थियो। कटरीनाले आलियालाई जिम रुटीन र दैनिक तालिममा धेरै मदत गरेकी थिइन।

उनी आफ्नो स्किन केयरमा पनि निकै सजग छिन्। उनी दिनमा कसमेकम २ पटक स्किन क्लिजिंग गर्ने बताउँछिन्। राति सुत्नु अघि सबै मेकअप सफा गर्ने गर्छिन।

आलियाले एक इन्टरभ्यूमा भनेकी थिइन,‘मलाई धेरै र पटकपटक मेकअप गर्न मन पर्दैन। तर, सुटिङमा लगाउनुपर्छ। म व्यक्तिगत रुपमा सिम्पल रहन मन पराउँछु।’

उनलाई गाजल लगाउन मन पर्छ। भारतीय महिलाको आँखामा गाजल निकै सुन्दर देखिने उनको भनाई छ।

Author:



क्याटोगरी छान्‍नुहोस