कुनै समय अनुष्काको लागि काम गर्थिन् परिणिती

मुम्बई । अभिनेत्री परिणिती चोपडाका लगातार तीन चलचित्रहरु रिलिज भएका छन् । द गर्ल अन द ट्रेन, साइना र सन्दीप ओर पिंकी फरार यी तीनओटै चलचित्र लकडाउनका कारण अनलाइन रिलिज भएका छन् । यी चलचित्रहरुले राम्रो कमाई गर्न असफल रहे पनि परिणितीको अभिनयको भने जम्मेरै तारिफ भैरहेको छ ।

हाल टर्किमा बिदा मनाउन गएकी अभिनेत्री परिणितीले दर्शकसँग जोडिन इन्स्टाग्रामको सहायता लिएकी छिन् । जसमा उनले दर्शकको प्रश्नको जवाफ दिइरहेकी छिन् ।

सोही क्रममा एक प्रशंसकले उनलाई परिणितीको लेडी क्रश अनुष्का शर्माको बारेमा केही भनिदिन आग्रह गरेका थिए । जसको जवाफमा अनुष्काले आफ्नो एउटा सिक्रेट खोलेकी छिन् ।

परिणितीका अनुसार, उनको र अनुष्का शर्माबीच खास सम्बन्ध छ । खासगरि जुन प्रोडक्सन हाउसले अनुष्का शर्मालाई अभिनेत्रीको रुपमा यस उद्योगमा ल्याएका थिए, परिणिती सोही कम्पनीमा मार्केटिंग टिमसँग आबद्ध भएर काम गर्थिन् ।

परिणिती लेख्छिन्, “अनुष्काको चलचित्र ‘ब्यान्ड बाजा बारात’मा उनको अन्तर्वार्ता म्यानेज गर्नेदेखि तीन महिनामै ‘लेडिज भर्सन रिकी बेल’ मा उनको को–स्टार बनेँ । त्यो बेलादेखि नै सधैं उनलाई फलो गर्थेँ ।”

अभिनेत्री परिणिती चाँडै पहिलोपटक अभिनेता रणबीर कपुरसँग देखिन लागेको चलचित्र ‘ऐनिमल’ को छायांकन सुरु गर्दैछिन् ।

Author:



क्याटोगरी छान्‍नुहोस