कृषकलाई आत्मनिर्भर बनाए मात्र समृद्धि ल्याउन सकिन्छः अध्यक्ष सिंह

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले कृषकलाई आत्मनिर्भर बनाए मात्र समृद्धि ल्याउन सकिने बताएका छन् । मंगलबार १८ औं राष्ट्रिय धान दिवस मनाउँदै उनले यस्तो बताएका हुन् ।

उनले परम्परागत कृषि प्रणालीबाट आत्मनिर्भर नहुने भएकोले ब्यवसायिक एवम् प्रविधिमैत्री कृषि प्रणाली अपनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । ‘ब्यवसायिक एवम् प्रविधिमैत्री कृषि प्रणाली अपनाए मात्रै कृषकलाई आत्मनिर्भर बनाउन मद्दत पुग्नेछ’ उनले भने–‘सोही अनुसार नै आफुहरु अघि बढेका छौं, कृषकहरुलाई आत्मनिर्भर बनाउन विगतमा हामीले मेसिनबाटै निःशुल्क धान काट्ने लगायतका कार्यहरु गरेको र आगामी बजेट पनि कृषक लक्षित राखेका छौंं ।’

कृषकलाई सहुलियत दिन गाउँपालिकाले विगतका बर्षहरुदेखि नै धान, गहुँ, मकै, सर्सों लगायतको बालीमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष सिंहले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले कृषि कर्मलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘गाउँपालिकाले विगत बर्षहरुदेखि नै कृषकलाई विभिन्न किसीमले सुविधाहरु प्रदान गर्दै आईरहेको छ’ उनले भने–‘र आगामी दिनमा पनि सहुलियत दिने कार्य जारी रहनेछ ।’

गाउँपालिकाले धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराका साथ वडा नम्वर. ४ स्थित खेतमा धान रोपेर धान दिवस मनाइएको छ । सो अवसरमा वडा अध्यक्षहरु गोपी मण्डल, गुलाब प्रसाद सिंह, लक्ष्मी प्रसाद मण्डल तथा कृषकहरुको सहभागिता रहेको कृषि विकास शाखा प्रमुख उदयकान्त झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस