सहिदनगरको बजेट ५३ करोड, प्रत्येक वडालाई १–१ करोड

जनकपुर, १७ असार । धनुषाको सहिदनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ कालागि ५३ करोड, नीति तथा कार्यक्रमले ल्याएको छ । नगरपालिकाको छैटौं ५३ करोड ७५ लाख ४३ हजार ८११ रुपैयाँ बजेट, नीति तथा कार्यक्रम ल्याएको हो ।

नगरसभाबाट स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिँदै ५ करोड ७५ लाख ४३ हजार ९ सय ८११ रूपैयाँ छुट्याएको छ भने अधुरो एवम् गौरवका योजनाहरुलाई लक्षित गरिएको हो । यसैग्री प्रत्येक वडालाई १ करोड बजेट विनियोजन गरिएको मेयर उदय कुमार बरबरिया यादवले बताए ।

नगरका नागरिकलाई प्रत्यक्ष लाभ हुने गरी ठोस योजनाहरु प्राथमिकतामा राखिएको छ । नगरसभा सदस्यहरुमध्ये सबैभन्दा जेष्ठ सदस्य बिसुनदेब यादबको प्रमुख आतिथ्य एवम् प्रमुख प्रतिपक्षी दलका मेयरको प्रत्यासी देवेन्द्र कुमार भरखेरको विशिष्ट अतिथि, उपमेयर शिला देवी कापर अतिथि, प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव लगायतको उपस्थितीमा नगर सभा सम्पन्न जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस