मौसम विवरण : बाढी पहिरोको खतरा, सतर्कता अपनाउन प्रशासनको आग्रह

जनकपुरधाम । बुधबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै भइरहेको वर्षाले बढी तथा पहिरोको जोखिम बढाएको छ ।

मनसुनी वायुको प्रभावले देशका अधिकांश भूगागमा हल्का र केही स्थानमा मध्यम तथा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षासँगै बाढी तथा पहिरोको जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ । प्रदेश नम्बर १, २ र गण्डकीमा बढी वर्षा भएको छ ।

तनुहुँ, चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, धनुषा र सिरहाका नदीहरुमा पानीको सतह निकै बढेको छ । त्यहाँका स्थानीय प्रशासनले स्थानीयलाई सतर्कता अपनाउन भनेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस