हात्तीको आक्रमणबाट ४० वर्षीय युबकको मृत्यु

बिराटनगर । उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १० : ३० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका- २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। यस क्षेत्रमा बर्षेनी हात्ती बस्तीमा प्रवेश गरी मानविय र धनजनको क्षति पुर्‍याउने गरेको छ। कोसी टप्पु वन्यजन्तु र जंगली हात्ती सामुहिक रुपमा धान पाक्ने समयमा प्रवेश गरी क्षति पुर्‍याउने गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस