राष्ट्रियसभा बैठक आज, विभिन्न अध्यादेश पेश हुने

जनकपुरधाम । आजदेखि राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज दिउँसो ४ बजे आठौं अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।

संवैधानिक परिषद् र सपथसम्बन्धी अध्यादेशलाई सम्भावित कार्यसूचीमा राखिएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन)लगायत विभिन्न अध्यादेश पेश हुने जनाइएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले यसअघि नै बैठक सञ्चालनबारे विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग परामर्श गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस