बाढीले कमला नदीको तटबन्ध भत्काउने खतरा

जनकपुरधाम । लगातार वर्षापछि कमला नदीमा आएको बाढीले तटबन्ध भत्किने खतरा बढेको छ । नदी आसपास क्षेत्रका बासिन्तालाई सतर्कता अपनाउन सिरहा प्रशासनले माइकिङ गर्न लगाएका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले तटबन्ध जीर्ण बनेकाले बाढीले भत्काउने खतरा बढेको बताए । उनले भने, ‘माइकिङ गराएर नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनउन भनेका छौं ।’ बाढीले तटबन्ध भत्कायो भने ठूलो क्षति पुर्याउने उनको भनाई छ ।

‘बजेट अभावले तटबन्ध मर्मत गराउन नसकिएको सम्बन्धित निकायका अधिकारीले भनिरहेका छन्’, सिडिओ कणेलले भने, ‘तटबन्ध मर्मतका लागि स्थानीय तहले पनि बजेट बिनियोजन गरिरहेका छैन ।’ तटबन्ध ठाउँ ठाउँमा जीर्ण बनेकाले तत्कालै मर्मत सम्भार गराउनुपर्ने अवस्था देखिएको उनले बताए ।

बाढीले हिजो मात्रै हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीको पुल नै भासिएको थियो । झण्डै २५ करोडको लागतमा १० वर्ष लगाएर पप्पु–लुम्बिनी बिल्डर्सले निर्माण पुरा गरेर सञ्चालनको तयारी गरेको पुल भासिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस