अभिनेत्री साधनासँग अभिनय गर्न धर्मेन्द्रको एक दशकको प्रतिक्षा

मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सामाजिक सञ्जाल खाता बलिउडको स्वर्ण युगको खजाना भन्दा फरक पर्दैन । किनभने उनी आफ्नो लामो अभिनय करिअरका कति अज्ञात रहस्यहरु यहीमार्फत सार्वजनिक गर्ने गर्छन् ।

यस्तै सोमबार पनि उनले यस्तै केही रहस्य सेयर गरेका छन् । यसमा उनले अभिनय करिअरमा एकपटक भएको स्क्रिन टेष्ट रिजेक्ट भएको कुरा सेयर गरेका छन् ।

धर्मेन्द्रले अभिनेत्री साधना शिवदासानीसँगको श्यामस्वेत फोटो सेयर गर्दै एउटा रहस्य बताएका छन् । जहाँ उनले साधनासँग काम गर्न एक दशक गरेको प्रतिक्षाका बारेमा उल्लेख गरेका छन् ।

“साधना, राम्रो कलाकार अनि सुन्दर मानव । मैले उहाँसँग ‘लव इन सिमला’मा सँगै काम गर्नका लागि स्क्रिन टेष्ट दिएको थिएँ तर रिजेक्ट भएँ । अफसोस, मैले उहाँसँग एउटा मात्रै चलचित्रमा काम गर्न पाएँ,” धर्मेन्द्रले लेखे ।

उनले साधनासँग काम गर्ने मौका त पाए तर त्यसको लागि उनले एक दशक जति पर्खिनु पर्यो । त्यसपछि उनले चलचित्र ‘इश्क पर जोर नही’ मा साधनासँग काम गर्ने मौका पाएँ । धर्मेन्द्रले सेयर गरेको पुरानो फोटो पनि सोही चलचित्रको हो ।

इन्डियन एक्सप्रेस

Author:



क्याटोगरी छान्‍नुहोस