मोरङमा जोर–बिजोर प्रणालीबाट सार्वजनिक यातायात चल्ने

विराटनगर । मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । असार २८ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि सबै प्रकारका सवारी साधन जोर–बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सोमबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट जिल्लाभर २८ असार मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरिएको जानकारी दिए । यद्यपी, मंगलबारदेखि सार्वजनिक बससहित, माइक्रोबस, मिनिबस, ट्याक्सी, अन्य भाडाका सवारी साधनसहित सबै सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको उनले बताए ।

यसैगरी यसअघि ४ बजेसम्म मात्र पसल खोल्न पाइने भनिएकोमा अबदेखि बेलुका ६ बजेसम्म खोल्ने निर्णय निर्णय भएको छ । पसल तथा सवारी सञ्चालन गर्दा अनिवार्य रुपमा कोभिड–१९ को संक्रमणबाट बच्न अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस