‘हाम्रो पार्टीका सन्त महन्तहरु पनि छलछाम र जालसांजीमा महारथ हासिल गर्नुभएको छ’

काठमाडौं । राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओेलीको संगतमा परेर आफ्नो पार्टीका नेताहरूले छलछाम र जालझेल गर्न थालेको आरोप लगाएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’

आफ्ना पार्टीका नेताहरुले किर्ते गरी पार्टीका अध्यक्ष हो भनेर झुठो दावी पेस गरेको उनले बताए । ‘हाम्रा सन्त नेताले किर्ते गरी नक्कली कागजपत्र तयार गरी एकल अध्यक्ष भए, सम्पूर्ण अधिकार ममा नै निहित छ भने झुठो दावा पेस गर्दै हुनुहुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस