खाेलाले बगाएर सप्तरीमा एक युवतीको मृत्यु

राजविराज, २१ असार । सप्तरीकाे अग्निसाईर कृष्णसरवण गाउँपालिकामा अाज (साेमबार) महुली खोलाले बगाएर एक युवतीको मृत्यु भएको छ।

वडा नम्बर १ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साहकाे महुली खाेलाले बगाएर मृत्यु भएको हाे । बिहान जंगलमा बाँसको तामा काट्न महाकुमारी अाफ्नी बहिनी आशाकुमारीसँग पुगेकी थिइन् । तामा लिएर घर फर्किने क्रममा खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।

आशाले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय महुली र कंचनपुरका प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २ सयमिटर परबाट शव बरामद भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस